×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तनहुँका बैंकमा बृद्धबृद्धाहरुको उदयक लाग्दो भिड, उपभोक्ताको रोजाईमा पाँचथरको मुला

PRIME CA

देश बोल्ने फोटो कथा : तनहुँका बैंकमा बृद्धबृद्धाहरुको उदयक लाग्दो भिड, उपभोक्ताको रोजाईमा पाँचथरको मुला

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँका बैंकमा बृद्धबृद्धाहरुको उदयक लाग्दो भिडदेखि उपभोक्ताको रोजाईमा पाँचथरको मुला परेको विषयसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

तनहुँको व्यास नगरपालिका–३ स्थित एक बैंक अगाडि सामाजिक सुरक्षा भत्ता लिन आएका सर्वसाधारणको भीड । कोरोना जोखिमका कारण भीडभाड नगर्न आग्रह गरिए पनि पालना भने हुनसकेको छैन।

पाल्पाको रामपुर नगरपालिका–६, मैदानबारीका ८१ वर्षीय लोकनाथ खनालले धानबाली हुने दश रोपनी क्षेत्रफलमा गर्नुभएको केराखेती ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा गरिएको मौरीपालन । थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने भएपछि जिल्लाका कृषक मौरीपालनतर्फ आकर्षित भएका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)बाट कोरोना पिसिआर परीक्षणका लागि आइतबार राष्ट्रिय समाचार समिति परिसरमा राससमा कार्यरत पत्रकार र कर्मचारीको स्वाव सङ्कलन गरिँदै ।

बन्दाबन्दीले ठप्प भएको झापाको दमक चोक । समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आइतबारदेखि एक साता यहाँ लकडाउन गरेको छ ।

वर्षायामको समयमा नदी तथा खोलामा आउने बाढीका कारण उच्च जोखिममा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा पर्ने सेतीनदी र म्यादेगाउँपालिका– ५, म्याग्दे खोलाको बीचमा सञ्चालित क्रसर उद्योग ।

बैतडीको पाटन नगरपालिका–४ स्थित जेउडेको रमेश लावड परिवारलाई नगद सहयोग गर्दै तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्ट । पाँच वर्षदेखि बोन टिबीबाट ग्रसित उनको परिवारलाई हाल आर्थिक समस्या रहेको छ । 
पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा कृषकले उत्पादन गरेको मुला बजार लैजान तयार गर्दै स्थानीय व्यापारी । यहाँ उत्पादित मुला तराईका विभिन्न जिल्लालगायत भारतमा निर्यात हुने गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० स्थित पात्लेखोलामा शनिबार राति आएको बाढीले गेर्खुखोला बस्तीमा पु¥याएको क्षति । यहाँ बाढीले १२ घरपरिवारलाई क्षति पु¥याउनुका साथै विद्युत, खानेपानीलगायत सेवा अवरुद्ध भएको छ । 
पीडित सेवा संघ दाङका अध्यक्ष टोपबहादुर महताराले कैदीबन्दीका छोराछोरीलाई शिक्षा तथा पालनपोषणका लागि आर्थिक सहयोग गर्दै । संघले दाङसहित साविक राप्तीका विभिन्न जिल्लाका कैदीबन्दीका छोराछोरीको भबिष्यका लागि आर्थिक सहयोग गर्दै आएको छ ।
धान राम्रो उत्पादन हुने हेलम्बु गाउँपालिका–२, किउलको चुरेटार फाँट । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: