×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : राजस्व कार्यालय दमौलीमा सेवाग्राहीको ब्यापक भिड, कौसी खेतीबाट आत्मनिर्भर बन्दै महिला !

PRIME CA

देश बोल्ने फोटो कथा : राजस्व कार्यालय दमौलीमा सेवाग्राहीको ब्यापक भिड, कौसी खेतीबाट आत्मनिर्भर बन्दै महिला !

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले आन्तरिक राजस्व कार्यालय दमौलीभित्र रहेको नेपाल बैंकको काउन्टरमा राजस्व तिर्न सर्वसाधारणको भीडदेखि पोखरामा कौसी खेतीबाट आत्मनिर्भर बन्दै महिलासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
आन्तरिक राजस्व कार्यालय दमौलीभित्र रहेको नेपाल बैंकको काउन्टरमा राजस्व तिर्न सर्वसाधारणको भीड । ‘कोभिड–१९’ को जोखिम रहेका बेला दूरी कायम गर्न आग्रह गरिए पनि सर्वसाधारणले अटेरी गर्दै आएका छन् ।
पोखरा– ८ नागढुङ्गाकी कौसी खेती कृषक साबित्री घिमिरे बिक्रीका लागि कौसीमा फलेको तरकारी सङ्कलन गर्दै । नागढुङ्गा विकास समाजले कौसी उपज सङ्कलन तथा सहजीकरण बिक्रीवितरण केन्द्रमार्फत कौसीको तरकारी बिक्री गर्दै आएको छ ।
काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा बन्द रहेका पसल । व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७ गतेसम्मका लागि बन्द गरिएको छ ।
कैलालीको मोहना नदिमा आएको बाढीले कटान गरेको धनगढी उपमहानगरपालिका– २  स्थित दक्षिण तिरको जमिनको शुक्रबार अनुगमन गर्दै वडाध्यक्ष नरबहादुर बम लगायतका टोली । मोहना नदीले नेपालतर्फको भूमि कटान गर्नुका साथै यहाँका स्थानीयवासीको खेतीपातीसमेत क्षति पुर्याउँदै आएको छ । 
पोखरा महानगरपालिका–१ मोहरिया टोलमा बिक्रीका लागि राखिइएको गलैँचा । पोखरामा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले चिनोका रुपमा उक्त गलैँचा किनेर लैजाने गर्दछन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार सूचना जारी गरी मन्थली नगरपालिकालाई सिल । स्वास्थ्य शाखाका एक कर्मचारीसहित थप तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि रामेछापको सो कार्यालयलाई सिल गरिएको हो ।
काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा कामपाका कर्मचारी कीटनाशक औषधि छर्कँदै । यस क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७ गतेसम्मका लागि बन्द गरिएको छ ।
लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइँदै । अन्यको उद्वार जारी रहेको छ । 
अबिरल वर्षाको कारण जुगल गाउँपालिका– २ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो । पहिरोले लामा गाउँ पुरिँदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैंँ निस्किएका छन् । 
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– २ लिदीमा गएको पहिरोस्थलमा जानुभई स्थानीयवासीसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुहुँदै । सभामुखको पहलमा ५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइएको छ  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: