×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा: लकडाउन खुलेपछि दमौलीका बैंकमा व्यापक भीड, काठमाडौँको न्युरोड सुनसान

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले दमौलीस्थित बैंकहरुमा व्यापक भिडदेखि काठमाडौँको न्युरोड सुनसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको व्यास नगरपालिकाले शनिबार लकडाउन खोलेपछि दमौलीस्थित मुक्तिनाथ विकास बैंकमा आइतबार सर्वसाधारणको भीडभाड । कोरोनाको जोखिम कायमै रहेको बेला पनि सर्वसाधारणले हेलचक्र्याईँ गर्ने गरेका छन् । 
कोभिड -१९ को सङ्क्रमण न्यूनीकरण गर्न काठमाडौँ उपत्यका जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि सुनसान न्युरोड ।
डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्लामा मास्क नलगाई गाडी चलाउने चालकलाई जरिवाना तिराउँदै इलाका प्रहरी कार्यालय दिपायलका सुरक्षाकर्मी । यो एक हप्ताको अवधिमा घर बाहिर निस्किँदा मास्क नलगाउने एक हजार ४०० जनालाई कारवाही गरिएको छ । 
म्याग्दीको धवलागिरि गाउँपालिका ५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली आधार शिविर (रुवाचौर) मा रहेको भेडीगोठका भेडा । यस क्षेत्रमा आधा दर्जनभन्दा बढी भेडीगोठ छन् । 
इलाम सदरमुकामस्थित ‘ग्रिन सिटी नर्सरी फार्म’ मा कफीको बिरुवा रोपिँदै । नेपालको पश्चिमी जिल्लाबाट कफीको बीउ ल्याएर यहाँका किसानले व्यावसायिक रुपमा कफीखेती गर्न थालेका छन्।
बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सामा विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल लिन लाममा बसेका नागरिक । कार्यक्रममा प्रतिपरिवारलाई ३० केजीका दरले चामल वितरण गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ खुला खेलमैदानको छेउमा रहेको तालमा माछा मार्दै स्थानीयवासी । 
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ बोल्दे गाउँ पहिराको जोखिममा । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे सेतीनदी किनारमा क्रसर उद्योगहरुले सङ्कलन गरी थुपारेको गिट्टी र बालुवा । जिल्लामा सञ्चालित अधिकांश क्रसर मापदण्ड विपरीत सञ्चालन हुँदै आएका छन् ।
तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई आइतबार रु ७० हजार सहयोग हस्तान्तरण गर्दै व्यास युथ क्लबका अध्यक्ष मीनबहादुर गुरुङ । 
हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका– ५, भ्रकामा फुलेको फापर । यहाँ फापर बाली प्रमुख अन्न बालीको रुपमा परिचित छ । 
कैलालीको गोदावरी नगरपालिका–९ खुटिया नदीबाट अवैध रुपमा ढुङगा,बालुवा उत्खनन् गरी ढुवानी गरिरहेको अवस्थामा प्रहरीले आइतबार नियन्त्रणमा लिएको ट्रयाक्टर । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: