×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : सरकारी खाद्यान्न गोदाम रित्तियो, खेतमा किसान पसिना चुहाउंदै तर खल्तीको पैसा सिद्धियो…

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले खाद्यान्न सकिएको सरकारी खाद्यान्न गोदामदेखि खेतमा तरकारी खेति गर्दै किसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
सरकारी कोटाको खाद्यान्न सकिएको मुगुको सदरमुकाम गमगढीमा रहेको खाद्यान्न गोदाम । बर्खाको समयमा सवारी आवगमन हुन नसकेका कारण कोटाको चामल लैजान नसक्दा गोदाम रित्तिएको छ ।
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा तरकारी रोप्न खेत तयार गर्दै कृषक ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित माल्खुका सुवीन्द्र गिरीले खोल्नुभएको हलेसी कृषि तथा पशुपालन फार्ममा पालिएका स्थानीय जातका कुखुरा । गिरीको फार्मबाट उत्पादित कुखुरा हलेसी बजारमा खपत हुने गरेको छ ।
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार स्व बलराम बानियाँको छोरी सुष्मितालाई आइतबार रु चार लाख ३१ हजार ९५१ हस्तान्तरण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य । नेपाल अमेरिका पत्रकार सङ्घबाट प्राप्त रकम बानियाँका छोराछोरीको शिक्षादीक्षाका लागि सहयोग गरिएको हो ।
पर्साको पोखरिया नगरपालिकाको वैरियामा धान गोड्दै किसान । सोना मन्सुली धानको बोटमा सिथब्लाइट रोग लागेपछि किसान चिन्तित भएका छन् । 
पाशुुपत क्षेत्रको वाग्मती पुुल नजिकै सडक किनारमा आइतबार श्रमिकलाई खाना खुवाउँदै कृष्ण प्रणामी र चर्चका कर्मचारी । कोभिड–१९ को सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिएको कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुको काम अहिले बन्द छ । 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ खण्डअन्तर्गतको काठेखोला गाउँपालिका–६ इनारपानी सडकको हिलोमा फसेको एम्बुलेन्स निकाल्ने प्रयास गर्दै सवारी चालक र स्थानीयवासी । 
म्याग्दीको बेनी नगरपालिका–१ हुलाकेका नरबहादुर थापाले सञ्चालन गरेको उन्नत बोयर जातको बाख्रापालन फार्ममा रहेका बाख्रा । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: