×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : उपत्यका प्रवेशमा थप कडाई, सुनको भाउले आकाश छोएपछि सुन पसल सुनसान

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : उपत्यका प्रवेशमा थप कडाई, सुनको भाउले आकाश छोएपछि सुन पसल सुनसान

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना अरनि राजमार्गको साँगामा मङ्गलबार काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ  गुडिँरहेको  मोटरसाइकलको पास  भए नभएको जाँच  गर्दै सुरक्षाकर्मीदेखि महेन्द्रपुलस्थित सगरमाथा सुनचाँदी पसलमा ग्राहकको पर्खाइमा रहेका व्यवसायी दम्पतीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना अरनि राजमार्गको साँगामा मङ्गलबार काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ  गुडिँरहेको  मोटरसाइकलको पास  भए नभएको जाँच  गर्दै सुरक्षाकर्मी ।
महेन्द्रपुलस्थित सगरमाथा सुनचाँदी पसलमा ग्राहकको पर्खाइमा रहेका व्यवसायी दम्पती । सुन तोलाको रु एक लाख पुग्न थालेपछि खरिदका लागि ग्राहक आउन छाडेका छन् । अहिले सुन तोलाको रु  ९९ हजार छ सय पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले मास्क नलगाई हिड्नेलाई रु एकसय जरिवाना गर्न थाले पनि सदरमुकाम दमौलीमा बिना मास्क सामाजिक सुरक्षा भत्ता लिन आएका ग्रामिण भेगका बृद्धबृद्धाहरु । यसरी भत्ता लिन आउने अधिकाँश मानिसहरु बिना मास्क र सामाजिक दूरी कायम नगरी बस्ने गरेका छन् ।
गाईजात्राकादिन मङ्गलबार भक्तपुरको मध्यपुर थिमिमा एक वर्षभित्र दिवङ्गत  आफन्तको सम्झनामा निकालिएको गाईजात्रा ।
पाँच वर्षअघि भूकम्पले क्षति पु¥याएको नुवाकोटको साततले दरबार । चीन सरकारसँग विसं २०७५ असार २५ मा भएको सहमतिअनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ‘कोभिड–१९’ को सङ्क्रमणका कारण पुनःनिर्माण प्रभावित भएको छ । 
बागलुङ सदरमुकाम हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने बागलुङ नगरपालिका–८ सिगानामा अविरल वर्षाका कारण भासिएको सडक । सडकसँगै जोखिममा रहेको बस्ती । 
तनहुँको व्यास नगरपालिका–५ मानहुँडाँडाबाट दमौलीलाई पृष्ठभूमिमा राखेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । बन्दाबन्दी अन्त्य भएसँगै जिल्लाका पर्यटकीय स्थानमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ ।
रोपाइँ सकिएपछि देखिएको तनहुँको व्यास नगरपालिका–५ पतेनीका धान खेत । जिल्लामा ९५ प्रतिशत भन्दा बढी भूभागमा रोपाइँ सकिएको छ । 
रैनादेवी छहरा गाउँपालिका मुझुङ्गमा आगोको मुस्लो बोकेर बाँदर धपाउँदै युुवा । बाँदरले मकै नष्ट गरेपछि किसान चिन्तित छन् । 
कैलालीका बाढीपीडित सत्यनारायण चौधरी बाढीले भिजेको धान सडकमा सुकाउँदै । बाढीपीडितले आफ्ना घर अझै जलमग्न रहेकाले भिजेको अन्न ल्याएर सडकमा सुकाएका हुन्  ।
नाग्म -रारा सडकखण्डको सिंजा गाउँपालिकाको नरोकाटमा सडक फराकिलो बनाइँदै । 
बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकको स्तरोन्नति हुँदै ।  विस २०५५ मा  निर्माण शुरु गरिएको भए पनि हाल उक्त सडक  २९ करोडमा स्तरोन्नति हुन लागेको छ । 
तनहुँ, भीमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने सेती नदीमा अलपत्र अवस्थामा रहेको पक्की पुलको पिल्लर  । निर्माण शुरु भएको तीन वर्षमा  पिल्लर मात्रै ठडिएको छ ।  
निषेधाज्ञापछि सुनसान देखिएको जनकपुरको भानुचोक क्षेत्र । कोभिड–१९ को उच्च जोखिमपछि जिल्ला सुरक्षा समिति धनुषाले सोमबार राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: