×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : सातै प्रदेशका अधिकांश सार्वजनिक स्थान सुनसान

PRIME CA

कोरोना कहर : सातै प्रदेशका अधिकांश सार्वजनिक स्थान सुनसान

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले कोरोना कहरको कारण सातै प्रदेशका अधिकांश सार्वजनिक स्थान सुनसानका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्र्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा गरेपछि तनहुँको सदरमुकाम दमौलीको मुख्य व्यापारिक केन्द्र मानिने सफा सडक बजार क्षेत्रमा देखिएको सुनसान दृश्य । 
पोखरा महानगरपलिका–१७ सितापाईलास्थित पोखरा वृद्धाश्रम । ५५ जना ज्येष्ठ नागरिक रहनुभएको सो आश्रम बन्दाबन्दीको अवसरमा पनि जनस्तरको सहयोगबाट सञ्चालन हुँदैआएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रदेश२ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सधैँ भिडभाड देखिने भानु चोक क्षेत्र सुनसान ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण रोक्न प्रदेश२ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सुनसान देखिएको राम मन्दिर रहेको राम चोक क्षेत्र ।
विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सधैँ दर्शनार्थीको भिडभाड हुने हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरको बाहिर प्रवेशद्वारमा ताल्चा र सुनसान देखिएको मन्दिरको प्राङ्गन ।
तनहुँको व्यास नगरपालिका–६ स्थित मादीबेँसी फाँटमा देखिएको हरियाली धानबाली । वर्षा राम्रो परिरहेकाले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । 
दाङ तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ज्येष्ठ तथा एकल महिलाहरुलाई बुधबार कपडा सहयोग गर्दै तुलसीपुर नगर जेसिजको टोली । तिजलाई दृष्टिगत गरी कपडा सहयोग गरिएको हो ।
लगातारको वर्षाका कारण गएराति भत्किएको बैतडीको सुर्नया गाउँपालिका– ४ मा रहेका प्रसूति सेवा केन्द्रको भवन । भवन भत्किदा प्रसूति सेवाका काम ठप्प रहेको छ । 
तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि बुधबार रु १० हजार १०५ सहयोग गर्दै व्यास नगरपालिका–३ निवासी करिष्मा बराली । कुशे औँशीको अवसरमा बरालीले मिर्गौला पीडितलाई सहयोग गर्नुभएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: