×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : उपभोक्ताको प्रतिक्षामा व्यापारी, कोरोनाका कारण उपत्यका सुनसान

PRIME CA

देश बोल्ने फोटो कथा : उपभोक्ताको प्रतिक्षामा व्यापारी, कोरोनाका कारण उपत्यका सुनसान

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले उपभोक्ताको प्रतिक्षामा बसेका व्यापारीदेखि कोरोनाका कारण उपत्यका सुनसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखराको चिप्लेढुङ्गा बजार नजिकै फुटपाथमा बिहीबार बिहान फलफूल बिक्री गर्न उपभोक्ताको प्रतीक्षामा बसेका व्यापारी । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले पाँच दिन निषेधाज्ञा जारी गरेको छ ।
प्यूठान नगरपालिका – ४ जुम्रीस्थित किसान डेरीमा बिहीबार भौतिक दूरी कायम गरी दूध लिन लाइनमा बसेका ग्राहक । 
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –३ साल्दाङ गाउँमा भौतिक पूर्वधारको काम गर्न याकमार्फत बालुवा ढुवानी गरिँदै ।
खाद्यान्न ढुवानीका लागि चीनको सिमाना तेन्जे, मरिम्लातर्फ लैजान तयारी अवस्थामा राखिएको डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –३ साल्दाङ गाउँका याक । यहाँ याकमार्फत सामान ढुवानी गरिन्छ । 
पोखराको चिप्लेढुङ्गा बजार नजिकै फुटपाथमा बिहीबार बिहान तरकारी बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले पाँच दिन निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार 
देखिएको बबरमहल सडक । 
मुगुको सदरमुकाम गमगढीबाट चीनसम्म जोडने गमगढी–नाग्चेलाग्ना सडकखण्डको सालिम खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तदैै स्थानीयवासी । छायाँनाथ रारा नगरपालिका–१५ र मुगुम कार्मारोङ्ग गाँउपालिका–१५ गरी ३० बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावत गर्दा वर्षौदेखि यसरीनै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । 
खोटाङको दिक्तेल–खानीडाँडा सडकखण्डको खाल्लेमा गिट्टी कुट्दै स्थानीयवासी । खाल्लेका अधिकांश स्थानीयले सो सडकखण्डमा गिट्टी कुटेर जीविका चलाउँदै आएका छन् । 
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको न्यूरोड। 
निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर ९तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक । कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेका छन् ।
निषेधाज्ञाको उल्लङ्घन गरी काठमाडौँको नयाँ बानेश्वरमा घर बाहिर निस्केका सर्वसाधारणलाई होल्डिङ जोनमा राखिँदै । 
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा पहिरोले घर पूर्णरुपमा क्षति भएकालाई बिहीबार रु ३० हजार राहत प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । गाउँपालिकाले पाँच घरलाई रु ३० हजारका दरले रकम र राहत सामग्री उपलब्ध गराएको छ ।
उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा कबाड बन्दै गएको डोटीको दिपायलस्थित पिपल्ला विद्युत् सब स्टेसनमा रहेका करोडौँ मूल्यका विद्युत् उपकरण ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: