Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गरिएको छ । प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीसहित उनीनिकट नेता र सचिवालयका कर्मचारी सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । 
बिहीबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र प्रदेश २ का मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीलगायतको पिसिआर परीक्षण गरिएको हो । 
शुक्रबार प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको पिसिआर परीक्षण गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK