×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराका होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी, होटलवालासँग छलफल हुँदै

PRIME CA

पोखराका होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी, होटलवालासँग छलफल हुँदै

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

पोखरा । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लानु पर्ने अवस्था नभएका सङ्क्रमितहरु, जो पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने तिनीहरुका लागि ‘पे­आइशोलेशन’का लागि होटलहरुको प्रयोग गर्न सकिने बताउनुभएको छ । उहाँका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइशोलेशन वार्डको रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’को रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । उहाँले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको करिब चारसय जनाले यसको सुविधा लिएको जानकारी दिनुभयो । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजार रुपैयाँसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताउनुभयो । 
पोखरा महानगरले कुषि तालिम केन्द्र, मालेपाटन, पदम नसिङ्ग होम, लेकसिटी ब्लक बि र र्यालेचौर बेसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चारवटा क्वारेन्टिन सञ्चालनमा गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जना जनामध्ये हाल जम्मा ७० जनामा मात्र रहेका छन् भने अरु घर फर्किसकेका छन् । महानगरको क्वारेन्टिनमा बस्नेहरु विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरुले राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेब अर्जुन क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि पोखरा महानगरको सहकार्यमा पोखराका विभिन्न २४ वटा होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शै्याको क्वारेन्टिन सञ्चालनमा रहेको छ । 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई वटा भेन्टिलेटर र ११ आइसियु शै्या रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मामा अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ रहेको छ । गण्डकीमा ८३० क्वारेन्टिन रहेका छन् भने २६१ आइसोलेशनमा रहेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ । -रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: