- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाको संक्रमण फैलिएसंगै पोखरामा सोमबार (आज) रातिदेखि निषेधाज्ञा लागू गरिने भएको छ । पोखरा महानगरले आज राति १२ बजदेखि भदौ ८ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागू गर्ने जनाएको छ ।
पोखरामा सोमबार बिहानसम्म २०४ कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म एक सय २७ जना निको भएर घर फर्किसकेका छन् । शनिबार र आइतबार मात्र पोखरामा ४९ जना संक्रमित थपिएका थिए ।