
- अर्थ सरोकार सम्बाददाता
पोखरा । कोरोनाका कारण मृत्यु भएकी तनहुँकी महिलाकी छोरीमा पनि संक्रमण पुष्टी भएको छ । आमालाई स्याहारसुसार गरेकी छोरीमा पनि संक्रमण देखिएको हो । ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम आचार्यले जानकारी दिए । संक्रमित छोरीको आइसोलेसनमा उपचार भइरहेको छ ।
बिरामी भएर पोखरा आएका उनीहरु हस्पिटल चोकस्थित कास्की सेवा हस्पिटलमा पुगेका थिए । उनीहरु दुवै जनाको पोखरामै स्वाब नमुना लिएर परीक्षण गरिएको थियो । मृत्यु भएकी महिलामा पहिलेदेखि नै सुगर, प्रसार, मुटुको समस्या र निमोनियाको समस्या रहेको व्यास १ का वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्