×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट थप एकको मृत्यु !

GLOBAL IME BANK

कोरोनाबाट थप एकको मृत्यु !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
पोखरा । कोरोना भाइरसबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । तनहुँ ब्यास-१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काका अनुसार महिलामा सुगर, प्रेसर, मुटु र निमोनियाको समस्या थियो । 
उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । हिजो  मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए । शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: