×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ डीआईजीसहित ६३८ प्रहरीमा कोरोना संक्रमण, २५१ जना भए डिस्चार्ज

LAXMI SUNRISE BANK

२ डीआईजीसहित ६३८ प्रहरीमा कोरोना संक्रमण, २५१ जना भए डिस्चार्ज

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दुई डीआईजीसहित नेपाल प्रहरीका ६३८ जनामा कोरोना संक्रमण देखिएको छ । सक्रिय संक्रमितमध्ये १९३ जना काठमाडौं उपत्यकाका मात्रै छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयमा कार्यरत १६० र उपत्यकाका ३३ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा २५, प्रदेश २ मा ३९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा २३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ५ जना सक्रिय संक्रमित छन् । हालसम्म २५१ जना डिस्चार्ज भएका छन् । पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी