- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
संक्रमित सशस्त्र प्रहरी काठमाडौंबाट थप मद्धतका लागि तराई गएका थिए । उनीहरुलाई बारास्थित गण नम्बर-४० (रिजर्भ गण) मार्फत परिचालन गरिएको थियो । संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ ।