×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा कार्यरत तीन सुरक्षाकर्मीमा पनि देखियो कोरोना

PRIME CA
GLOBAL IME BANK

धनगढीमा कार्यरत तीन सुरक्षाकर्मीमा पनि देखियो कोरोना

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरकोकार सुदुरपश्चिम ब्युरो 

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा बिहिवार भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये धनगढीमा कार्यरत ४२, ४२ र ४४ बर्षीय प्रहरी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बिहीवार २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताउनुभयो । विष्टका अनुसार संक्रमण पुष्टि भएका प्रहरीलाई आईसोलेसनमा राखिएको छ । त्यस्तै संक्रमण देखिएका प्रहरीको दर्जा भने खुलाईएको छैन् । 

याोसंगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले जानकारी दिनुभएको छ । जसमध्ये १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: