
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरसको महामारीका बेला सुरक्षाकर्मी नै लापरवाहीको घेराभित्र समेटिएका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न रोक लगाइएका बेला धनगढीबाट सशत्र प्रहरीको २२ जनाको टोली बिना पास यात्रामा निस्किएको हो ।
बसको अगाडी पट्टिको सिसामा सशस्त्र प्रहरी बल, नेपाल बुकिङ्ग लेखिएको पप्लेटका भरमा यात्रामा निस्किएको उक्त टोलिलाई बिहान करिब १० बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको थियो । स्टाफ हो भन्ने उनिहरुले भर्खरै पास आउट भएको बताएका थिए । हामीले सम्पुर्ण विवरणका लागि सोध्दा उनिहरुले बोल्न भने मानेका थिएनन् । बिना पास यात्रामा निस्किएको उक्त टोलिलाई थप व्यवस्थित नभएसम्म नछोडिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रहरी निरिक्षक सरोज ठकुराठीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिडिओ, प्रहरी प्रमुख लगाएका व्यक्तिसँग समन्वय गरेर मात्रै छोड्छौँ ।’

कोरोना भाइरस रोकथाप तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी नै यसरी नियमको उल्लंघन गरेको फेला पर्दा अन्य सर्वसाधरणमा पनि नकरात्मक प्रभाव पर्ने सम्भावना देखिन्छ । यद्यपि पास तथा प्रशासनिक पत्रका लागि बारम्बार ताकेता गर्दापनि प्रशासनले ध्यान नदिएको उनिहरुले गुनासो गरेका छन् । प्रशासनको पास र प्रक्रिया पुरा गरेपछि प्रश्चात मात्रै उनिहरुलाई जान दिइने छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्