×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इपान अध्यक्षमा कृष्ण आचार्य सर्वसम्मतले चयन, अब प्रदेश कमिटी गठन हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इपान अध्यक्षमा कृष्ण आचार्य सर्वसम्मतले चयन, अब प्रदेश कमिटी गठन हुने

Artha Sarokar

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को अध्यक्षमा कृष्ण आचार्य सर्वसम्मत चयन भएका छन् । गएरातिको साधारणसभाले कृष्ण आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । इपानको उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी तथा महासचिवमा गोरे शेर्पा पनि सर्वसम्मत चयन भएका छन् । यस्तै भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य सचिव तथा र कोषाध्यक्षमा आनन्द चौधरी चयन भएका छन्।
भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल र अभिज्ञा मल्ल सदस्यमा चयन भएका छन् । इपानले पहिलोपटक संघीय संरचनाअनुसार सांगठनिक पुनर्संरचना गर्ने भएको छ । अब हरेक प्रदेशमा इपानको प्रदेश कमिटी गठन हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी