Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : प्रभु बैंकको बद्नाम गर्ने ‘जुवाडे बैंकर’को सरुवा, नुवाकोटबाट धादिङ पठाईयो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु बैंक, विश्वास छर्दै, अघि बढ्दै भन्ने नाराका साथ अघि बढ्दै गर्दा जनताको साथ र माया पाईरहेका बेला बैंकको नाक काट्ने गरी दिउँसै जुवा खालबाट समातिएका ‘जुवाडे बैंकर’लाई बैंकले आन्तरिक कारवाही गरेको छ । बैंकले उनलाई कारवाहीस्वरूप नुवाकोटबाट धादिङ सरुवा गरिदिएको हो । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटले केहि हप्ताअघि भीआइपी भनिएको जुवा खालमा छापा मार्दा प्रभु बैंकका शाखा प्रबन्धसहित १० जुवाडे पक्राउ परेपछि उनका कारणले नुवाकोटमा बैंकको नामको पनि बदनामी भएको भन्दै बैंकका शुभचिन्तकहरुले नै उनलाई कारवाहीको माग गरेका थिए । यसै विषयमा अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि बैंकलाई उनलाई कारवाही गर्न दबाब परेको थियो। 
पक्राउ परेपछि उनी नियमअनुसार जरिवाना तिरेर छुटेका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK