- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर निर्धारण गरेको छ । कम्पनीले असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको हो ।
कम्पनीले निर्धारण गरेको बोनस दर बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।
कम्पनीले सावधिक बीमालेख, सावधिक तथा आजीवन बीमालेख र अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख गरी ३ प्रकारका बीमालेख याेजनाहरूका लागि प्रति हजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्