×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा कोरोना कारण २ जनाको मृत्यु, मोरङमा मृत्यु हुनेको संख्या १४ पुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रदेश १ मा कोरोना कारण २ जनाको मृत्यु, मोरङमा मृत्यु हुनेको संख्या १४ पुग्यो

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ हरिहर चोकका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसंगै मोरङमा अहिलेसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भइसकेको छ ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका सङ्क्रमितको आइतबार बेलुकी ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: