- अर्थ सरोकार सम्बाददाता
विराटनगर । बिराटनगरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । न्युरो अस्पताल बिराटनगरमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार मंगलबार राति संक्रमितको मृत्यु भएको हो ।
ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।