
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । प्रदेश २ का चार जिल्लामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना संक्रमण देखिएको हो । पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
वीरगञ्जस्थित दुई वटा अस्थायी कोभिड अस्पतालमा ३७ जना महिला १ सय ३१ जना कोरोना संक्रमित उपचाररत छन् । कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा ६ जना महिलासहित २० जना आईसीयुमा छन् । कोभिड अस्पताल गण्डकमा १ जना महिलासहित ९ जना आईसीयुमा छन् । जसमध्ये ६० वर्षीय पुरुषको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्