Skip to content
LAXMI SUNRISE BANK

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशमा संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं‌ । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६सय ८१ जना पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये २० जना तनहुँकै एकै स्थानका छन् । 
तनहुँको भानु नगरपालिका-१ का २० जनामा संक्रमण देखिएको हो । उक्त वडाका १४ पुरुष र ६ महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै स्याङ्जा पुतलिबजारका एक ३९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK