Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिम प्रदेशमा शुक्रबार १७ जनामा कोरोना पुष्टी

अर्थ सरोकार

धनगढी
  • अर्थ सरोकार सम्बाददाता 
धनगढी। सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा ४४९ नमुनामध्ये १७ जनामा कोरोना संक्रमण पुष्टी भएको  हो ।
कोरोना संक्रमण पुष्टी भएकामध्ये ९ जना महिला र ८ जना पुरुष रहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का दुई महिला र एक पुरुष, टिकापुर नगरपालिकाका ५ जना महिला र ७ जना पुरुष, धनगढी उपमहानगपालिका वडा नम्बर १२ की एक महिला र कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ की एक महिला गरी १७ जनामा संक्रमण देखिउको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । योसँगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय सात पुगेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK