Skip to content
LAXMI SUNRISE BANK

कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालीन लकडाउन, बैङ्क तथा वित्तीय संस्था पूर्ण रुपमा भयो बन्द

अर्थ सरोकार

बैतडी
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिएको छ । मंगलबार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लकडाउन गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । बुधबार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको उनले बताए । बुधबारदेखि गाउँपालिकामा रहेका बैङ्क तथा वित्तीय संस्था बजार सबै पूर्ण बन्द गरिएको उनले जानकारी दिए ।
कैलालीमा संक्रमितको संख्या ११६९ पुगेको छ । ती मध्ये कैलाली गाउँपालिकामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ३४ जना निको भएर घर फर्किसकेके स्वास्थ्य शाखाले जानकारी दिएको छ । सङ्क्रमितकै स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार र भान्छे लगायत ७ जनालाई मङ्गलवार कोरोना संक्रमण देखिएको हो । ती मध्येका स्वास्थ्यकर्मी एक दिन घर गएर बसेका थिए । अहिले उनीहरुको सम्पर्कमा आएका २२ जना पहिचान भइसकेको र अन्यको खोजी भइरहेको अध्यक्ष चौधरीले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK