×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउनले आर्थिक र सामाजिक जीवन कष्टकर बन्यो, फेरी निषेधाज्ञा गरी दुःख दिने काम भयो’ : प्रकाशशरण महत (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘लकडाउनले आर्थिक र सामाजिक जीवन कष्टकर बन्यो, फेरी निषेधाज्ञा गरी दुःख दिने काम भयो’ : प्रकाशशरण महत (भिडियो)

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो


काठमाडौँ । नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दिर्घकालिन योजना तत्काल ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेसको कोरोना अनुगमन समितिले लकडाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालिन र दिर्घकालिन योजना ल्याउन माग गरेको हो । चार महिना लामो लकडाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बनेपनि फेरी निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको कांग्रेसको आरोप छ । बन्दका कारण जनताले दुःख पाएकोले अब संक्रमण न्यूनिकरण गर्दै बन्दको विकल्पमा तत्कालिन र दिर्घकालिन योजना सार्वजनिक गर्न सरकारसँग माग गरिएको कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिका संयोजक प्रकाशशरण महतले बताउनुभयो । सरकारले अब बन्दको अवस्था पनि आउन नदिने र संक्रमण पनि बढ्न नदिने गरी योजना ल्याउनुपर्ने उहाँको भनाई छ । 
संक्रमणको दर बढीरहेको अवस्थामा नीजि क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । नीजि अस्पतालहरुलाई २० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउन सरकारले भनेपनि त्यो व्यवहारिक नभएको उहाँको तर्क छ । त्यसको सट्टा आवश्यक अस्तालहरुलाई कोभिड अस्पतालको रुपमा अगाडी बढाउने योजनाका साथ नीजि अस्पतालहरुसँग समन्वय गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मी लगायतमा संक्रमणको जोखिम बढेकाले उद्धार र उपचारको जिम्मा सरकारले लिनुपर्ने, स्वास्थ्यकर्मीका लागि विमा कार्यक्रम तत्काल लागु गर्नुपर्ने र कोभिड जोखिम भत्ताको यथासिघ्र व्यवस्था गर्नुपर्ने माग कांग्रेसको छ । अहिले अक्सिजन र भेन्टिलेटरको समेत अभाव रहेकाले सरकारले त्यसतर्फपनि ध्यान दिनुपर्ने महतले बताउनुभयो । विदेशमा अफ्ठ्यारोमा रहेका नागरिकहरुका लागि नियमित उडान खोल्नुपर्ने र शैक्षिक वर्ष खेर जान नदिने ग्यारेण्टीका साथ बैकल्पिक उपाय सुनिश्चित गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: