×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा कोरोनाको ‘इन्ट्री’, कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

PRIME CA

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा कोरोनाको ‘इन्ट्री’, कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा पनि कोरोना संक्रमण देखिएको छ । कमलपोखरीस्थित बैंकको मुख्य कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी बैंकले आइतबारदेखि नै मुख्य कार्यालय बन्द गरेको छ । 
यता बैंकका अन्य कर्मचारीको पनि कोरोना परिक्षणका लागि स्याम्पल पठाईसकिएको र रिपोर्ट आइनसकेको भन्दै बैंकले कहिलेसम्म मुख्य कार्यालय बन्द गर्ने भन्ने निर्णय गरेको छैन ।
केहि दिनअघि एभरेष्ट बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ । जसपश्चात बैंकको मुख्य कार्यालय दुई दिन बन्द गरिएको थियो । कोरोनाको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम तीव्र छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: