×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको चौथो दिन, भिडियोमा हेर्नुहोस् कस्तो छ काठमाडौं उपत्यकाको अवस्था ? (भिडियो रिपोर्ट)

PRIME CA

निषेधाज्ञाको चौथो दिन, भिडियोमा हेर्नुहोस् कस्तो छ काठमाडौं उपत्यकाको अवस्था ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको चौथो दिन पुगेको छ । संक्रमणको जोखिम बढ्दै गएपति एक हप्ताकालागि जारी भएको निषेधाज्ञाको चौथो दिन पनि सडक सुनसान देखिएका छन । 
अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन । मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्लीहरुमा भने पसलहरु खुला रहेका छन । दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्रि क्षेत्रमा खुला रहेका हुन । प्रशासनले विहान ७ बजेटसम्म मात्रै पसल खोल्न भनेपनि त्यसको पालना हुन सकेको छैन । 
आज ऋणि पञ्चमीको दिन भएकाले विहान बागमती, विष्णुमति, मनोहरा लगायतका नदीहरुमा स्नानका लागि जानेहरुको भिड देखिएपनि प्रहरीले बाटोमै रोकेको छ । टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तरपनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपतयकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।  हेर्नुहोस् भिडियो :

c

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: