×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा एकैदिन ३२ महिलासहित ९५ जनामा संक्रमण पुष्टी, प्रदेशमा कुल संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

प्रदेश १ मा एकैदिन ३२ महिलासहित ९५ जनामा संक्रमण पुष्टी, प्रदेशमा कुल संक्रमितको संख्या कति पुग्यो ?

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९५ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालयले एक हजार एक सय ७६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ३२ महिला र ६३ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
प्रदेश १ मा आइतबारसम्ममा कोरोना संक्रमितको संख्या तीन हजार तीन सय ११ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण गरिएका ८७ हजार पाँच सय ९८ जनामध्ये ८४ हजार दुई सय ८७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ मा उपचारपछि कोरोना जितेर आइतबार नौ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ३४ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: