×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी कोरोनाको ‘हटस्पट’ बन्दै प्रदेश २, एकैदिन ५० सुरक्षकर्मीसहित १७९ जनामा संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

फेरी कोरोनाको ‘हटस्पट’ बन्दै प्रदेश २, एकैदिन ५० सुरक्षकर्मीसहित १७९ जनामा संक्रमण पुष्टी !

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५० सुरक्षकर्मीसहित १७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार जिल्ला प्रहरी कार्यालय, पर्साका एक महिलासहित ५ जना, श्रीपुर आर्मी ब्यारेकका पाँच जना र वीरगन्ज कारागारका एक महिलासहित दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  
यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ देखि २१ सम्मका १४ महिलासहित ४२ जना, वीरगञ्ज-२५, सिरसियाका २७ जना, वीरगञ्ज चिनी मिलका दुई महिलासहित ४ जना, नेश्नल मेडिकल कलेजका एक जना र अन्य पाँच जना गरी एक सय ३३ जनामा कोरोना देखिएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक महिलासहित सात जना र शहिदनगर नगरपालिकामा एक महिलासहित दुई जना र जिल्लाभर १० जना, बाराको विभिन्न स्थानीय तहमा गरी पाँच जना, रौतहटमा दुई महिलासहिर चार जना, सप्तरीमा दुई महिलासहित १८ जना र सर्लाहीमा पाँच महिलासहित ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी