×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार प्रदेश ५ का पाँच जिल्लामा ३३ महिलासहित ७२ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित)

GLOBAL IME BANK

शुक्रबार प्रदेश ५ का पाँच जिल्लामा ३३ महिलासहित ७२ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित)

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । शुक्रबार प्रदेश ५ मा थप ७२ जनामा कोरोना संक्रमण पुष्टी  भएको छ । प्रदेशको ५ जिल्लाका थप ७२ जनामा कोरोना संक्रमण पुष्टी  भएको हो । रुपन्देहीका ५२ जना, बाँकेका १५ जना, कपिलवस्तु र नवलपरासीका १ र १ जना र रोल्पाका ३ जनामा संक्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको हो । 
जसमा ३३ जना महिला छन् भने ३९ जना पुरुष रहेका छन् । प्रदेशमा रहेका कोरोना विशेष अस्पतालमा सामान्य कक्षमा उपचाररत संक्रमितको संख्या १ सय ४ रहेको छ । प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: