- अर्थ सरोकार सम्बाददाता
प्युठान- अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्युठान अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ।
अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको स्वाब संकलन गरी रिपोर्ट नआउँदासम्म अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द रहने जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले जानकारी दिए।
त्यस्तै जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय प्युठानले कोरोना संक्रमणको जोखिम बढेको भन्दै भोलि (शुक्रबार) १२ गते बिहान ६ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्मको लागि जिल्लाभर नै निषेधाज्ञा जारी गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय प्युठानमा आज बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले ७ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।
उनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुनेछन् । तरकारी, खाद्य पसल, डेरी बिहान ७ बजेदेखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेगरी निषेधाज्ञा जारी हुने भुसालले जानकारी दिए। पछिल्लो समय जिल्लामा एक जना स्वास्थ्यकर्मी, ४ सुरक्षाकर्मी, २ जना समुदायका व्यक्तिसहित २६ जनामा कोरोना संक्रमण देखिएको छ। निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई कानुन अनुसार कारबाही गरिने भुसालले बताए। अनुगमनलाई कडाइ गर्न बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
हालसम्म जिल्लामा ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमध्ये सक्रिय संक्रमित ६६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। उनका अनुसार जिल्लामा एक जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको थियो भने ३ सय ७६ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानको तथ्यांक छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्