- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कतारबाट नेपाल फर्किने नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । नेपाल फर्कने ९ हजार ३ सय ८५ जनाको नाम राजदूतावासले सार्वजनिक गरेको हो । २६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाइन फारम भरेका नेपालीहरुको नामावली दूतावासले प्रकाशित गरेको हो । दूतावासले प्रकाशित गरेको नामावलीमध्येबाट प्राथमिकताका आधारमा स्वदेश फिर्ता पठाइने छ ।
कोरोनाको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्किसकेका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शवसमेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।