×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राखेपका नवनियुक्त ६ सदस्यले लिए पद तथा गोपनियताको शपथ, खेलकुदले नयाँ फड्को मारेको भनाई ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

राखेपका नवनियुक्त ६ सदस्यले लिए पद तथा गोपनियताको शपथ, खेलकुदले नयाँ फड्को मारेको भनाई ! (भिडियो)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाउनुभयो । शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् ।
मन्त्रिपरिषदले ६ सदस्यलाई साउन १४ गते मनोनयन गरेको थियो । उनीहरुले सोमबार मात्र सपथ लिएका हुन । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिनुभयो । मन्त्री विश्वकर्माले पछिल्लो समय खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताउनुभयो । 
मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाडै पूर्णता पाउने जानकारी गराउनुभएको थियो । त्यसका लािग गृहकार्य भईरहेको समेत विश्वकर्माले बताउनुभयो । नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउनका दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन् । हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: