×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित फेलापरे पछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना संक्रमित फेलापरे पछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका २ चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै अनिश्चितकालका लागि अस्पताल सिल गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ ।
प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: