
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अब जुनसुकै बेलामा पनि एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी व्यवस्था विभागले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । विभागले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७६’ र सो पछि २०७७ साउन १५ गतेसम्म जारी भएका सम्पूर्ण परिपत्र निर्देशनसमेतलाई समावेश गरी परिमार्जित निर्देशन जारी गरेको हो ।
जसकारण अब कोरोना भाइरस नियन्त्रणपछि पनि एटीएम कार्ड प्रयोगकर्तासँग कुनै पनि बैंक तथा वित्तीय संस्थाले शुल्क लिन नपाइने व्यवस्था भएको हो । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोभिड महामारीका बेला जुनसुकै बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड जुनसुकै बैंक तथा वित्तीय संस्थाका एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलिन निर्देशन दिएको थियो । तर अब यो निर्देशन जारी भएसँगै सधैंका लागि एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।
विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्टरूपमा उल्लेख गर्नुपर्ने तर, त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन नपाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्नेछ भने कार्ड नवीकरण शुल्कको बारेमासमेत जानकारी गराउनुपर्नेछ ।
राष्ट्र बैंकले कार्डको माध्यमबाट गरिने नगद तथा भुक्तानी कारोबार, मोवाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने कारोबार, वालेटको माध्यमबाट गरिने फण्ड टान्सफर लगायत विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमामा सामान्य हेरफेर गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्