
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा शनिबार राष्ट्रिय वाणिज्य बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले सो बैंकमा केहिदिन यता पुगेका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् । यसअघि प्रदेश नम्बर ५ मा रहेको राष्ट्रिय बाणिज्य बैंकको एक शाखामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
कहाँ-कहाँ कुन बैंकमा कोरोना संक्रमण पुष्टी भयो त ?
लक्ष्मी बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तु स्थित लक्ष्मी बैंकको एक शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै एभेरेष्ट बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तु स्थित एभरेष्ट बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंक सिल गरिएको छ । यस्तै कपिलबस्तुमा तिनाउ मिसन बैंकका ३ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै कपिलबस्तुमै नेपाल बैंक नेपाल लिमिटेडका २ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी बह्येको छ ।
‘संक्रमित कर्मचारीलाई छुट्टै आईसोलेट भएर बस्न भनेका छौं । विशेषगरी लोन, र क्यासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘अहिले शाखा पनि पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेका छौं । अव स्थिति सामान्य नभएसम्म बैंक खुल्दैन।’
यता मेगा बैंक नेपाल लिमिटेडका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तुस्थित मेगा बैंक नेपाल लिमिटेडको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै कपिलबस्तुमै ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । मेगा बैंक र कृषि बिकास बैंक लिमिटेडमा यसअघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि नबिल बैंक लिमिटेड, इटहरी, नेपाल बंगलादेश बैंक लिमिटेड, बिरगंज, मेगा बैंक लिमिटेड धादि, सेन्चुरी कमर्सियल बैंक लिमिटेड अछाम, प्रभु बैंक लिमिटेड सिमरा, गरिमा बिकास बैंक लिमिटेड रुपन्देही, कृषि बिकास बैंक लिमिटेड गुल्मी, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड कपिलबस्तु लगायतका बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्