- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७” मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २८ गते आइतबारसम्म आवेदन दिन आग्रह गरेको हो ।