×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा निषेधाज्ञा अवधिमा पनि बैंक तथा वित्तीय संस्था खुल्ला हुने, विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने

PRIME CA

रौतहटमा निषेधाज्ञा अवधिमा पनि बैंक तथा वित्तीय संस्था खुल्ला हुने, विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटमा निषेधाज्ञा अवधिमा पनि बैंक तथा वित्तीय संस्था खोल्न दिने भएको छ । निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्यान्न तथा निर्माण सामग्रीका पसल खोल्न दिने र उपभोग्य खाद्यान्न सामग्रीको आपूर्तिलाई सहज गरिने निर्णय जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै प्रत्येक दिन विहान ७ बजेदेखि विहान ११ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर खोल्न दिइने जनाएको छ । 
समुदायमा संक्रमण देखिएको भन्दै स्थानिय प्रशासनले भदौ ७ गतेसम्म गरेको निषेधाज्ञालाई भदौ १४ गतेसम्मका लागि थप गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुको सेवा लिन तथा खाद्यान्न सामग्रीहरु खरीद गर्न जाँदा–आउँदा उपभोक्ताले सवारी साधनको प्रयोग गर्न नपाइने उनले जानकारी दिए । उपभोक्ताहरुले स्यानिटाइजर, मास्क तथा पन्जाको प्रयोग गर्ने र अनिवार्य भौतिक दुरी कायम गरी मात्र विक्री वितरण गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: