
- अर्थ सरोकार सम्बाददाता
रौतहट । छिमेकी जिल्लाहरूमा कोरोनाको संक्रमण बढेसँगै रौतहटमा पनि लकडाउन हुनेभएको छ । रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाई नै लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उहाँका अनुसार रौतहट जिल्ला २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा लकडाउन गरिने भएको छ ।
पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ उहाँले भन्नुभयो , मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो । हाललाई ३२ गतेसम्ममा सटडाउन गरिने निर्णय भएपनि त्यसपछि के गर्नेभन्ने बारे त्यसपछि निर्णय गरिने उहाँले बताउनुभयो ।
यो लकडाउन अवधिमा जिल्लाका सरकारी कार्यालय, पसल, बजार, यातायात र बैंक तथा वित्तीय संस्था लगायत सम्पूर्ण सेवा पूर्णरूपमा बन्द रहने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्