
- अर्थ सरोकार सम्बाददाता
डोटी । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्ठि भएपछि यहाँका सबै बैंक तथा बैंकका शाखाहरु पाँच दिनका लागि बन्द गरिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको उक्त शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा शुक्रबार संक्रमण पोजेटिभ देखाएको थियो । त्यसलगत्तै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यहाँ रहेका निजी तथा सरकारी सबैं बैंकहरु बन्द गरिएका छन् । आइतबार सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोबार नगर्ने जनाएका छन् ।
क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोबार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताउनुभया । उहाँले भन्नुभयो, ‘बैंकको सेवा अतिआवश्यक भएको भएतापनि संक्रमणको जोखिम न्युनिकरणका लागि यो कदम चालेका हौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्