×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, जुन शाखामा लापरवाही थियो, त्यहीं भयो संक्रमण !

अर्थ सरोकार

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार

PRIME CA

राष्ट्रिय बाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, जुन शाखामा लापरवाही थियो, त्यहीं भयो संक्रमण !

  • अर्थ सरोकार सम्बाददाता 
राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको दैलेखस्थित शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकको यो शाखामा व्यापक लापरवाही भएको भन्दै केहि साता यता नै गुनासो आइरहेको थियो। 
दैलेखस्थित बैंकको शाखामा कोरोना संक्रमण पुष्टी भएपछि बैंकको शाखा सिल गरिएको छ । जिल्लामा आइतबार गरिएको परीक्षणमा नारायण नगरपालिकाका १४ र भैरवी गाउँपालिकाका तीन जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
वाणिज्य बैंक दैलेख शाखाले प्रदान गर्दै आएको सेवा अनिश्चितकालका लागि बन्द गरिएको बैंकले जनाएको छ । यसअघि पनि प्रदेश नम्बर ५ का एक ब्रान्च मेनेजर, भरतपुरस्थित एक शाखाका कर्मचारी लगायतका बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: