×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आइपिओ बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज (भदौ ४ गते, बिहिबार)देखि बिक्री खुल्ला हुने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता आइपिओ बिक्रि खुल्ला गरेको हो । 
कम्पनीले जारी गरेको आइपिओमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित पश्चात बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । 
कम्पनीको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्वा सेवा अनिवार्य गरिएकाले आईपीओ खरीदका लागि आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ । 
उक्त आईपीओ खरीदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्मको समय तोकिएको छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: