
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले उक्त कम्पनीको आइपीओ बाँडफाँट भएको जनाएको हो । कम्पनीको आइपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका छन् । जसमा २० हजार ५०९ जनाको हात भएको अर्थात् सेयर पाउनबाट बञ्चित भएका छन् ।
१ हजार ९५५ जनाको आवेदन रद्द भएको छ भने ५ लाख ६७ हजारले १० कित्ताका दरले सेयर पाएका छन् । रिलायन्सले भदौ ४ गतेबाट ८ गतेसम्म १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५५ अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५५ अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको थियो । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्