×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुकुम पश्चिमका एक लेखापालसहित चार जना प्रहरीको फन्दामा, सरकारी पैसा व्यक्तिगत खातामा राखेको आरोप

LAXMI SUNRISE BANK

रुकुम पश्चिमका एक लेखापालसहित चार जना प्रहरीको फन्दामा, सरकारी पैसा व्यक्तिगत खातामा राखेको आरोप

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
सुर्खेत । रुकुम पश्चिमका एक लेखापालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको पाइएपछि त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनका भतिजा सुवास केसी, भाइ विकास केसी र अर्का भतिजा भीमसेन केसी रहेका छन्। 
उनीहरु राति ९ बजेसम्म बाहिरबाट ताला लगाई कार्यालयमै कागजात मिलाउँदै गरेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको डीएसपी ठकबहादुर केसीले जानकारी दिए ।
लेखापाल केसीले गत आर्थिक वर्ष २०७६/७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए । विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको सरकारी रकम उनीहरुले फेरि गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै रकमको कागजात मिलाउने क्रममा पक्राउ गरेर जिल्ला ल्याएको छ । 
अहिले जिल्ला प्रशासन कार्यालयले छानविन थालेको प्रजिअ पौडेलले बताए । ‘कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ,’ प्रजिअ पौडेलले भने, ‘कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ । अनुसन्धान भइरहेको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी