
- अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । भैरहवाको भीम अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन इश्वरी पौडेलले बताए । नगरपालिकाका फोकल पर्सन पौडेलका अनुसार ती महिलालाई आइतबार बिहानदेखि श्वासप्रश्वाशमा समस्या आएको थियो ।
नगरका स्वास्थयकर्मीले आइसीयुमा राख्नुपर्ने बताएपछि नगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालमा सम्पर्क गरेको थियो । अस्पतालमा बेड नभएको बताएपछि घरमै राखिएको थियो । अहिले शव भीम अस्पतालमै छ । तिलोत्तमामा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ । यस नगरमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ सय ४४ पुगेको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्