- अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुटवलमा समुदायस्तरमा गरिएको स्वाब परीक्षणमा एक महिला सहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
नेशनल प्याथ ल्याबमा भएको परीक्षणमा एकजना र प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चारजनामा संक्रमण देखिएको हो । यससँगै रुपन्देहीमा कारोना संक्रमितको संख्या ४०६ पुगेको छ ।