
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। साधना लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ४ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५१.१६% ले धेरै हो । गत वर्ष संस्थाले १ करोड ६० लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १९६.६८% र ४१.६६% ले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी १३ करोड ७३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोहि अवधि मा संस्थाले ४ करोड ६२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।सार्वजनिक भएको विवरण अनुसार संस्थाको सञ्चालन नाफा २ करोड ५२ लाख ६९ हजार रुपैयाँबाट ढेर ३ करोड ५७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले खुद नाफा बढ्न टेवा पुगेको हो ।
असार मसान्तसम्ममा साधनाको २१ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । जगेडा कोषमा ६ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसअवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्