Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा इन्स्योरेन्सले भदौ १३ मा बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २३औं वार्षिक साधारणसभा भदौ १३ गते बोलाएको छ । कम्पनीको  साधारण सभा प्रधान कार्यालय काठमाडौंको नक्सालमा बिहान १० बजे हुने भएको छ। 
उक्त सभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि आवश्यक कार्य गर्ने अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव पेस गर्ने भएको छ। त्यस्तै, कम्पनीबाट सामाजिक संघसंस्थालाई आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सिमा नाघेको हुँदा सो अन्तर्गत भएको ९० हजार रुपैयाँ भएको खर्चलाई अनुमोदन गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।
त्यस्तै, सामान्य प्रस्ताव अन्तर्गत कम्पनीको आव २०७५/७६ को लेखा परिक्षण गर्नका लागि लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने रहेको छ ।  त्यसैगरी, आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK