×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर लिलामीमा आउँदै, क-कसले पाउँछ भर्न ?

LAXMI SUNRISE BANK

सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर लिलामीमा आउँदै, क-कसले पाउँछ भर्न ?

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सहारा विकास बैंकको संस्थापक सेयर साउन ३० देखि लिलामीमा आउने भएको छ । बैंकले ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । 
बैंकको यो सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन पाउने छन्। यसमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन्। कम्पनीले उक्त सेयर भदौ ८ गतेसम्म लगानीकर्ताले बोलकबोल माध्यमबाट आवेदन दिन सकिनेछ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट आवेदन दिन सक्नेछन् । सहारा विकास बैंकको मलंगवा, बरहथहवा, इश्वरपुर, लालबन्दी र गोडैता शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी